सुर्खेत । इन्टरनेट सेवा प्रदायक कम्पनी वाइ-फाई नेपालले सबैभन्दा सस्तो इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ । अब वाइ-फाइ नेपालको इन्टरनेट जडान गर्दा ग्राहकहरुले भारी छुटका साथै विभिन्न प्याकेजमा सस्तो इन्टरनेट सेवा पाउन सक्नेछन् ।
वाइफाइ नेपालले सबैभन्दा सस्तो २४ महिने इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ । जसमा ५० एमबिपिएसको इन्टरनेट जडान गर्दा ८ हजार ४ सय ७५ र ८० एमबिपिएसको इन्टरनेट जडान गर्दा ११ हजार ८ सय ६५ रुपैयाँ सुल्क लाग्नेछ । यस्तै इन्टरनेट नविकरण गर्दा ५० एमबिपिएस लाई ७ हजार ३ सय ४५ र ८० एमबिपिएसलाई १० हजार ७ सय ३५ रुपैयाँ शुल्क लाग्ने वाइफाइ नेपाल सुर्खेत शाखा प्रमुख कैलाश जंग शाहीले जानकारी दिए ।
यस्तै, वाइफाइ नेपालको सार्वजनिक गरेको सस्तो इन्टरनेट प्याकेजमा ५० एमबिपिएसको इन्टरनेट नयाँ जडान गर्दा ३ महिनाको लागि ३ हजार ५ सय ३, छ महिनाको लागि ४ हजार ६८ र एकबर्षको इन्टरनेट सेवाको लागि ६ हजार २ सय १५ रुपैयाँ शुल्क लाग्ने साथै, ८० एमबिपिएसको लागि ४ हजार ६८ मा ३ महिना, ५ हजार ३ सय ११ मा छ महिना र ८ हजार ४ सय ७५ मा एकबर्षको लागि इन्टरनेट जडान गर्न सकिने वाइफाइ नेपालले जनाएको छ । अब बाइफाइ नेपालका ग्राहकले एक बर्ष बराबरको शुल्कमा २ बर्ष इन्टरनेट सेवा पाउँने भइएका छन् ।
इन्टरनेट जडानको लागि कसरी सम्पर्क गर्ने ?
सुर्खेतको वीरेन्द्रनगरमा पनि वाइफाइ नेपालले आफ्नो सेवा प्रदान गर्दै आएको छ । सुर्खेतमा सम्पर्क गर्नको लागि ९८०१४९२०२५ मा सम्पर्क गर्न सकिन्छ । साथै देशैभरबाट बाइफाइ नेपालको सेवा लिनको लागि तथा थप जानकारीको लागि वाइफाइ नेपालको कल सेन्टरमा ०१५९७०७८९ मा सम्पर्क गर्न सकिन्छ ।
संवाददाता । बिहिबार, मङि्सर २१, २०८० मा प्रकाशित