जाजरकोट । गत कार्तिक १७ गते मध्य राति जाजरकोटको रामीडाँडा केन्द्र बिन्दु बनाएर गएको बिनाशकारी भुकम्पबाट प्रभावित घरपरिवारलाई राहत सामग्री सहित श्रम सहयोग गरिएको छ ।
सहकर्मी समाज नेपाल र फास्टर्न एक्सनको सहकार्यमा जाजरकोटको भेरी नगरपालिका वडा नं. १, वडा नं ४ र रुकुम पश्चिमको सानोभेरी गाँउपालिका मा राहत सामग्री सहित श्रम सहयोग गरिएको हो । भेरी नगरपालिका वडा नं. १ पिपेमा भुकम्पबाट प्रभावित घरपरिवारलाई राहत सामग्री सहयोग गरिएको हो ।
भेरी नगरपालिका १ का पिडित घरपरिवारलाई बाप्टिष्ट मेडिकल एण्ड डेन्टल मिसन ईन्टरनेशनलको सहयोगमा ५० घरधुरीलाई घर पुर्ननिर्माणमा चाहिने अत्याबश्यक ४६० थान जस्ता पाता र पाँच बर्ष मुनीका बालबालिका तथा जेष्ठ नागरीक, एकल तथा सुत्केरी महिला गरी ६ सय ७० जना लाई न्यानो कपडा सहकर्मि समाज नेपालको सहकार्य र समन्वयमा राहात स्वरुप सहयोग उपलब्ध गराईएको सहकर्मि समाज नेपालका संस्थागत बिकास अधिकृत नेत्र नारायण रेग्मीले बताए ।
त्यस्तै, कैलालिको टिकापुर नगरपालिका भित्रका टोल बिकास संस्था र समाबेशी बिकास समाज कञ्चनपुरको सहयोगमा खाद्यान्न उपलब्ध गराईएको छ । टिकापुर नगरपालिका कैलालिको आदर्श टोल बिकास संस्था, कालिका टोल बिकास संस्था, ओजुक ताल टोल बिकास संस्था, शिबशक्ति टोल बिकास संस्था, सिर्जनशिल टोल बिकास संस्था र समाबेशी बिकास समाज कञ्चनपुरले १४ क्विन्टल चामल, ५६ किलो दाल, ५६ लिटर खाने तेल उपलब्ध गरार्र्ईएको आदर्श टोल बिकास संस्था टिकापुरका अध्यक्ष बासुदेव कोईरालाले जानकारी दिए । कैलालिको टिकापुर नगरपालिका भित्रका टोल बिकास संस्थाहरु मिलेर ८० हजार ५ सय ४४ रुपैया बराबरको राहात सामाग्री उपलब्ध गराईएको आदर्श टोल बिकास संस्था टिकापुरका सदस्य गोविन्द कोईरालाले बताए ।
उक्त राहात सहयोग बाट भेरी नगरपालिका वडा नं। १ का भूकम्पबाट अति प्रभावित ३२ घरधुरीलाई सहयोग पुगेको कालिका टोल बिकास संस्था टिकापुरका सचिब बल बहादुर बुढाले बताए । उक्त क्षेत्र भुकम्पबाट अति प्रभाबित क्षेत्र भएकोले राहात स्वरुप जस्तापाता, न्यानो कपडा र खाद्यान्न सहयोग गरीएको र भुकम्पबाट भत्किएका घरहरुका ढुङ्गा र काठ सामाग्रीहरुको ब्यबस्थापनका लागी श्रम सहयोग पनि गरीएको सहकर्मि समाज नेपालका संस्थागत बिकास अधिकृत रेग्मीले बताए । भूकम्पबाट अति प्रभावित क्षेत्रमा सहकर्मि समाज नेपाल तथा फास्टन एक्सनको सहकार्यमा बिभिन्न संघसंस्थाले श्रम सहयोग गरेका हुन् ।
गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर आएको भूकम्पमा परि १ सय ५३ जनाले ज्यान गुमाएका थिए । त्यस मध्य जाजरकोटको भेरी नगरपालिका वडा नं. १ मा ३१ जनाले ज्यान गुमाएका थिए । जाजरकोटको सदरमुकाम भित्रकै वस्ती भए पनि यो वडा बिकास र आर्थिक रुपमा निकै पिछडिएको वडा भएको स्थानियको गुनासो छ । उक्त क्षेत्रमा भत्किएका घरहरु ब्यबस्थापन गर्न स्थानियलाई सकस हुने भएकोले सहकर्मि समाजको सहकार्यमा फास्टन एक्सनले श्रम शिबिर चलाएको हो ।
यस्तै जाजरकोटको भेरी नगरपालिका वडा नं. ४ मा पनि श्रम शिबिर संचालन गरीएको छ । सहकर्मि समाज नेपालको सहकार्यमा त्रिबेणी बिकास समाज बाँके, जनशक्ति बिकास समाज बर्दिया, थारु सामुदायीक बिकास समाज ९त्ऋम्ँ० बर्दिया र खानेपानि मिस्त्री उपभोक्ता सहकारी संस्था लि। बाँकेद्धारा भेरी नगरपालिका वडा नं। ४ को राना गाँउमा श्रम शिबिर संचालन गरीएको हो ।
भुकम्पले भत्किएका र चर्किएका राना गाँउका धेरै जसो घरहरुका सामान ब्यबस्थापनको लागी सहयोग स्वरुप श्रम शिबिर संचालन गरीएको त्रिबेणि बिकास समाजका कार्यकारी ब्यबस्थापक पतिराम थारुले बताए । “करिब १० दिनको श्रम सहयोग बाट धेरै पिडित परिवारको घाउमा अलिकति भएपनि मलम बन्ने प्रयास गर्नेछौं” थारुले भने ।
राना गाँउका प्राय स्थानियहरु चर्किएको घर भत्किन्छ कि भन्ने त्रासले नजिकैको बिद्यालयमा त्रिपाल मुनि बास बसिरहेका छन् । राना गाँउका प्राय ज्याला मजदुरी र रोजगरीको शिलशिलामा भारत गएर जिबिको पार्जन गर्ने गर्दछन् तर भुकम्प पश्चात रोजगारी समेत गुमेको छ ।
यस्तै रुकुम पश्चिमको सानोभेरी गाँउपालिकामा पनि श्रम सहयोग गरी भुकम्प प्रभाबित घरहरु पुर्ननिर्माण गर्न सहकर्मि समाज नेपालको सहकार्यमा जनजागरण समाज बाँके, जनशक्ति बिकास समाज बर्दिया, त्रिबेणि बिकास समाज बर्दियाद्धारा श्रम सहयोग गरीएको छ ।
जाजरकोट र रुकुम पश्चिममा भुकम्प प्रभाबितको पुनस्र्थापनाका लागि क्षति भएका घर तथा संरचनाहरुको पुनर्निमाणमा सीप तथा श्रम सहयोग गर्न सहकर्मि समाज नेपाल सहित बिभिन्न संघसंस्थाका कारिब ४६ जना स्बंमसेवक परिचालन गरीएको छ ।
भूकम्पले घरबारविहीन भई त्रिपाल टाँगेर बसिरहेका पीडितहरू थप सकसमा छन । चिसोले बिरामी परिरहेका उनीहरूलाई कहिलेसम्म अस्थायी टहरामा सर्ने हो टुंगो समेत हुन सकेको छैन । राजनीतिक दल, संघसंस्था र व्यक्तिगत रूपमा अस्थायी टहरा बनाउने काम भइरहे पनि सरकारीस्तरबाटै ठोस रूपमा काम हुन सकेको छैन । भूकम्पबाट जोगिएका स्थानियहरु अझै पनि त्रासमा छन् ।
संवाददाता । शुक्रबार, मङि्सर २९, २०८० मा प्रकाशित