काठमाडौँ । गृह मन्त्रालयले १६ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) र एक महानिर्देशकको सरूवा गरेको छ । अन्य ८ जना सहसचिवको पदस्थापन गरेको छ ।उपप्र धान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै शुक्रबार सीडीओ, महानिर्देशक र सहसचिवको पदस्थापना तथा सरूवा गरेका हुन् ।
गृह मन्त्रालयका सहसचिव प्रेम प्रसाद भट्टराई मन्त्रालय बाट मोरङको सिडिओमा सरुवा भएका छन् । गृहका अर्का सहसचिव आनन्द काफ्ले पाल्पाको सिडिओ बनेका छन् । राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागका महानिर्देशक झक्क प्रसाद आचार्य सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएका छन् ।
जयनारायण आचार्य गृह मन्त्रालयबाट सुनसरीको सिडिओमा सरुवा भएका छन् । माहादेव पन्थ मन्त्रालयबाट कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा सरुवा भएका छन् । स्किम श्रेष्ठ गृह मन्त्रालयको सहसचिवमा पदस्थापन भएका छन् । सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा भोजपुर र कपिलवस्तुका प्रमुख जिला अधिकारी शंकरहरी आचार्य सुर्खेतको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएका छन् ।
संवाददाता । शनिबार, मङि्सर ३०, २०८० मा प्रकाशित