नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) कर्णाली प्रदेश कमिटीको दोश्रो वार्षिक साधारण सभा डिसेम्बर १६, २०२३ (२०८० मङ्सिर ३०) का दिन कमिटीका कार्यवाहक सभापति धनीराम शर्माको अध्यक्षता एवम् नेल्टा केन्द्रिय कमिटी वरिष्ठ उपाध्यक्ष प्रा. डा. लक्ष्मण ज्ञवालीको प्रमुख आथित्यतामा वीरेन्द्रनगर, सुर्खेतमा सम्पन्न भयो ।
कमिटीका निवर्तमान महासचिव चित्र बहादुर खत्रीले संचालन गरेको उक्त कार्यक्रममा नेल्टा कर्णाली प्रदेश कमिटीका सल्लाहकारहरू, कार्य समिति सदस्यहरू, नेल्टा सुर्खेत, दैलेख र रुकुम पश्चिम शाखाका अध्यक्षहरू तथा सदस्यहरू, कर्णाली प्रदेश अन्तर्गतका नेल्टा आजीवन सदस्यरू, पत्रकारहरू लगायतका महानुभावहरूको उपस्थिति रहेको थियो ।
नेल्टा सुर्खेतका अध्यक्ष एवम् नेल्टा कर्णाली प्रदेशका सदस्य दल बहादुर शाहीले स्वागत मन्तब्य तथा नेल्टा कर्णाली प्रदेशका संस्थापक सभापति बिष्णु कुमार खड्का, सल्लाहकार वासु देव कार्की, नेल्टा दैलेखका अध्यक्ष दिल्ली राम आचार्य, नेल्टा रुकुम पश्चिमका अध्यक्ष शंकर रावल र शिव मा.वि. लाटीकोइली सुर्खेतका प्रधानाध्यापक एवम् अंग्रेजी शिक्षक नवराज घिमिरेले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
उक्त वार्षिक साधारण सभाकै अवसरमा प्रमुख अथिति प्रा. डा. ज्ञवालीले “English Teacher Associations and Teacher Professional Development” शीर्षकमा प्रस्तुतीकरण गर्नुभएको थियो भने Journal of NELTA Karnali (Vol. 1, 2022) का प्रधान सम्पादक एवम् सम्पादकहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
साथै, उक्त साधारण सभाले धनीराम शर्माको अध्यक्षतामा आगामी तीन वर्षका लागि नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) कर्णाली प्रदेशको कार्य समिति सर्वसम्मतले निर्वाचित गरेको थियो जसमा वरिष्ठ उपाध्यक्ष चित्र बहादुर खत्री, उपसभापति महेश शाही, महासचिव बेतेन्द्र कुमार दहाल, सचिव प्रकाश जैसी, सदस्यता सचिवमा शेर बहादुर खड्का, कोषाध्यक्ष खगेन्द्र बहादुर शाही, सदस्यहरूमा क्रमश: राज कुमार शर्मा, लक्ष्मी प्रसाद बास्तोला, टीका तामाङ, पार्वती कुमारी पोखरेल, यज्ञ प्रसाद शर्मा, नवराज पौडेल, रामचन्द्र रेग्मी, नरेन्द्र बहादुर शाही, प्रकाश शाही, खगेन्द्र प्रसाद भट्टराई, दल बहादुर शाही (पदेन सदस्य), शंकर रावल (पदेन सदस्य), डिल्ली राम आचार्य (पदेन सदस्य) र बिष्णु कुमार खड्का (निवर्तमान सभापति) रहनुभएको छ ।
संवाददाता । शनिबार, मङि्सर ३०, २०८० मा प्रकाशित