Karnali Media
२०८३ साउन ७ , बिहीबार

१० जना जुवाडे पक्राउ



काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका-१२ कपनस्थित पसि लमु तामाङको मोलम रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही नगरपालिका–१० कपन आकाशेधारा बस्ने लाक्पा सोनाम शेर्पा समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार २ सय रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।


यसैगरी काठमाडौँ, तारकेश्वर नगरपालिका-८ जरङ्खु बस्ने नुवाकोट विदुर नगरपालिका-१३ घर भएका ४० वर्षीय शुशिल श्रेष्ठको हाम्रो खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठसहित ५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार २ सय ५० रुपैयाँ र १ बुक तासहित पक्राउ गरेको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०८० पुस ५ गते बिहीबार