Karnali Media
२०८३ असार १७ , बुधबार

विद्याज्योतीले आयोजना गरेको अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगितामा अमरज्योती मावि प्रथम



सुर्खेत । विद्याज्योती निकेतनले वीरेन्द्रनगर ०८ ले आयोजना गरेको अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा अमरज्योती माध्यामिक विद्यालय नेवारे प्रथम भएको छ ।

शुक्रबार भएको हाजिरी जवाफ प्रतियोगितामा आयोजक विद्यालय विद्याज्योति निकेतन द्वितीय, ह्युरिस्टिक स्कुल तथा रिसर्च सेन्टर तृतीय र नेरा मावि डाडा स्कुलले सान्त्वना स्थान प्राप्त गरेका हुन । विद्याज्योति निकेतनका प्रधानाध्यापक ध्रुव सिंहको अध्यक्षतामा भएको हाजिरी जवाफमा वीरेन्द्रनगर ८ का वडा अध्यक्ष टिकाराम शर्मा प्रमुख अतिथी रहेका थिए ।


प्रतियोगितामा सरकारी विद्यालयका ३, संस्थागत प्याब्सन तर्फ २ र नेशनल प्याब्सन का ५ गरि जम्मा १० वटा विद्यालयको सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा सहभागी विद्यालयलाई प्रमाणपत्र र विजेता विद्यार्थीहरुलाई नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा नेशनल प्याब्सन कर्णाली प्रदेश सचीव दिपेन्द्रराज खनाल, नेशनल प्याब्सन जिल्ला अध्यक्ष गायत्री राना, विद्याज्योति सहकारी संस्थाका अध्यक्ष रेशम खत्री, विद्याज्योती निकेतनका अध्यक्ष विष्णु प्रसाद शर्मा, सेडा प्राली का प्रीन्सिपल महेन्द्र केसी लगाएत विभिन्न विद्यालयका शिक्षक प्रतिनिधिको सहभागीता रहेको थियो । विभिन्न राउन्ड मा संचालन भएको प्रतियोगिताको संचालन विद्यालयका कोर्डिनेटर प्रेम भन्डारीले गरेका थिए । विभिन्न विद्यालयहरुसंगको सम्बन्ध बढाउँदै विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको तथा विभिन्न विद्यालयहरुले समेत यस्तै खालको कार्यक्रम गर्नुपर्ने धारण राख्दै सहभागी सम्पुर्ण विद्यालयलाई आयोजक विद्यालयले धन्यवाद समेत व्यक्त गरेको छ ।

प्रकाशित मिति : २०८० पुस ६ गते शुक्रबार