Karnali Media
२०८३ असोज १८ , आइतबार

बालकुमारीमा प्रहरीको गोली लागेर दैलेखका २३ वर्षिय युवकको मृत्यु



कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन दिन नपाएपछि युवाले गरेको प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ ।

किस्ट अस्पतालमा लगिएका दैलेखका २३ वर्षिय सुदन राउतको मृत्यु भएको हो । एक जना गम्भीर र एक जना सामान्य घाइते भएको महानगरिय प्रहरी परिसर ललितपुरले जनाएको छ ।


५४ जनालाई पक्राउ गरिएको पनि प्रहरीले जनाएको छ । प्रदर्शनमा उत्रिएका युवाले सडक अवरुद्ध पार्दै सवारीसाधनमा आगजनी गरेका थिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरूले सुरुमा हावा खुस्काएका थिए । लगत्तै उनीहरूले गाडीमा आगजनी समेत गरेका थिए ।

प्रकाशित मिति : २०८० पुस १३ गते शुक्रबार