Karnali Media
२०८३ असार १७ , बुधबार

सुर्खेतमा भौतिक पूर्वाधार मन्त्री र गृहमन्त्रीको राजिनामा माग गर्दै आन्दोलन



सुर्खेत । ललितपुरको बालकुमारीमा शुक्रबार भएको आन्दोलनका क्रममा दैलेखका २१ वर्षीय सुजन रावतको मृत्यु भएपछि शनिबार वीरेन्द्रनगरमा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजिनामा माग गर्दै सरकारविरुद्ध आन्दोलन सुरु भएको छ । कर्णालीका युवाहरुले वीरेन्द्रनगरमा युवा विद्रोह सुरु गरेका हुन् ।

ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा सुजनसँगै अछामका वीरेन्द्र शाहको पनि मृत्यु भएको थियो ।


‘हत्यारा सरकार चाहिँदैन, जनता मार्न पाइँदैन’ भन्दै युवाहरुले वीरेन्द्रनगरको एरिचोकबाट आन्दोलन सुरु गरेका हुन् । उनीहरुले टायर बाल्नेदेखि गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको राजीनामा समेत माग गरिरहेका छन् ।

उनीहरुले रोजगारीका लागि विदेश जान्छुभन्दा पनि राज्यकै कारण युवाहरुको ज्यान गएको बताएका छन् । अहिले यो घटनालाई लिएर विभिन्न ठाउँमा आन्दोलन भइरहेको छ ।

प्रकाशित मिति : २०८० पुस १४ गते शनिबार