Karnali Media
२०८३ भदौ २८ , आइतबार

कर्णाली सरकारले मृतक सुजनका परिवारलाई दुई लाख दिने



सुर्खेत । कर्णाली प्रदेश सरकारले दैलेखको महावु गाउँपालिका—६ निवासी सुजन रावतका आफन्तलाई दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले शुक्रबार ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका सुजनको परिवारलाई राहतबापत उक्त रकम दिने निर्णय गरेको मुख्यमन्त्री राजकुमार शर्माले जनाए।


मन्त्रिपरिषद्को बैठकले मृतकका परिवारलाई दुई लाख राहत दिने निर्णय गरेको छ’‚ मुख्यमन्त्री शर्माले भने।

प्रकाशित मिति : २०८० पुस १८ गते बुधबार