सुर्खेत । नेकपा एमाले कर्णाली प्रदशेका उम्मेदवारले राष्ट्रियसभाको लागि उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेबाट ३ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रदेश निर्वाचनको कार्यालयमा महिला कोटाबाट हुम्लाकी विमलाकुमारी शाही अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विक उम्मेदवार बनेका छन् । कर्णालीमा एमालेले तीन सिटका लागि तीनै जना उम्मेदवारको उम्मेदवारी दर्ता गराएको छ ।
सत्ता गठबन्धनले गर्दा कर्णालीमा नेकपा एमाले कमजोर देखिएको छ । उम्मेदवारी दर्तामा स्थायी कमिटी सदस्य यामलाल कँडेल, प्रदेश अध्यक्ष गुलाबग शाह लगायतका प्रदेश स्तरिय सबै नेताहरु निर्वाचनको कार्यालयमा पुगेका थिए ।
संवाददाता । सोमबार, पुष २३, २०८० मा प्रकाशित