Karnali Media
२०८३ भदौ ५ , शुक्रबार

कर्णाली लोक सेवाले माग्यो प्रशासन र लेखातर्फ २४ जना कर्मचारी



सुर्खेत । कर्णाली प्रदेश लोक सेवा आयोगले प्रशासन र लेखामा गरेर विभिन्न २४ पदका लागि दरखास्त आह्वानको सूचना प्रकाशित गरेको छ।

आयोगले आज एक सूचना प्रकाशित गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन निकालेको हो। आयोगले प्रशासन सहायक, लेखा सहायक, लेखापाल, आन्तरिक लेखा परीक्षक गरी २४ पदका लागि दरखास्त आह्वान गरेको हो।

आयोगले कर्णालीका विभिन्न स्थानीय तहमा रिक्त पदहरूका लागि यो दरखास्त आह्वान गरेको हो। परीक्षा लिखित, कम्प्युटर सीप परीक्षण र अन्तर्वार्ता र परीक्षा केन्द्र वीरेन्द्रनगर, सुर्खेत तोकेको छ।


आवेदन दरखास्त दस्तुर प्रत्येक विज्ञापनका लागि ५ सय बुझाउनुपर्नेछ भने समावेशी समूह तर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको हकमा थप समूह प्रत्येकका लागि थप दस्तुर २५० रुपैयाँ बुझाउनुपर्ने व्यवस्था गरेको छ।

तोकिएको मापदण्ड पुगेका उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणालीबाट दरखास्त दिनपर्ने व्यवस्था गरिएको छ।

प्रकाशित मिति : २०८० पुस २४ गते मंगलबार