Karnali Media
२०८३ जेठ २९ , शुक्रबार

सुर्खेतमा एमसीसीको विरोध, नेकपा एसका भ्रातृ संस्थाहरुको प्रदर्शन



सुर्खेत – अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा नेकपा एकीकृत समाजवादी (एस) निकट भ्रातृ संगठनहरुले सुर्खेतमा प्रदर्शन गरेका छन् ।

मंगलगढिचौकबाट सुरु भएर विरेन्द्रचौकमा भेला भैइ सो पार्टी निकट भ्रातृ संगठनहरुले एमसीसीविरुद्ध प्रदर्शन गरेका हुन् ।
बिद्यार्थी, नेपाल खेलकुद संघ समाजवादी, अखिल नेपाल महिला संघ समाजवादी, अखिल नेपाल किसान संघ, युवा किसान संघ लगायतका भ्रातृ संस्थाहरुले विरोध प्रदर्शन गरेका हुन् ।

यसअघि सो पार्टीका अध्यक्ष माधव कुमार नेपालले देशको अहित नहुनेगरी एमसीसी अगाडि बढाउन चाहेको बताएका थिए ।
एमसीसीका कारण रणभूमि बनाउने पक्षमा आफूहरु नरहेको उल्लेख गर्दै नेता नेपालले देशको हितमा कुठाराघात नहुने गरी एमसीसीलाई अघि बढाउन आफूले चाहेको पनि बताएका छन्


भिडियो हेर्न

https://youtu.be/MxQMFJMuL-4

प्रकाशित मिति : २०७८ फागुन १ गते आइतबार