सुर्खेत । वीरेन्द्रनगर जेसीज बर्ष २०२४ को लागि महासचिव पदमा सामाजिक अभियान्ता महेन्द्र थापा (मानवसेवा) मनोनित भएका छन् । आज जेसीजको ४५औँ पद हस्तान्तरण कार्यक्रमबाट थापा महासचिव पदमा मनोनित भएका हुन् ।
सन् २०१९ बाट जेसीजमा आवद्ध भएका थापा जेसीजका विभिन्न कार्यक्रममा सक्रिय रुपमा सहभागि हुँदै आएका छन् । महासचिव पदमा मनोनित भएसंगै थापाले बर्ष २०२४ का अध्यक्ष हिक्मत सापकोटाको कार्यकाललाई सफल बनाउँन महासचिवको महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् ।
थापाले भने, “जेसिज भनेको १८ देखि ४० बर्षसम्मका युवाहरुलाई नेतृत्व र व्यक्तित्व विकास गर्ने संस्था हो । यो खुल्ला विश्वविद्यालय हो । यहाँ विभिन्न सोच र क्षमता भएका युवाहरुको आकर्षण बढाउने काम जेसीजले गर्दै आएको छ । साथै बर्ष २०२४ मा पनि वीरेन्द्रनगर जेसीज नयाँ र फरक ढंगले अगाडी बढ्छ ।”
संवाददाता । शुक्रबार, पुष २७, २०८० मा प्रकाशित