जिल्लाभर १५१ विद्यालयमा पठनपाठन बन्द भएको छ । हुम्लामा १४६ सामुदायिक, एउटा धार्मिक र चार संस्थागत विद्यालय छन्। जिल्लाका सात गाउँपालिकामध्ये नाम्खा गाउँपालिकामा १६, सिमकोटमा २३, खार्पुनाथमा १७, सर्केगाडमा ३२, चङ्खेलीमा २२, अदानचुलीमा १९ र ताँजाकोटमा १६ विद्यालय छन्। एकाइका निमित्त प्रमुख खत्रीका अनुसार हिमालपारिको लिमीका दुई सामुदायिक विद्यालय गत कात्तिक अन्तिममै बन्द भएका थिए । हल्जी र जाङगाउँका विद्यालय बन्द भएका हुन्। तीन गाउँ रहेको लिमीमा प्रत्येक गाउँमा एक–एक आधारभूत विद्यालय छन्।

संवाददाता । आइतबार, पुष २९, २०८० मा प्रकाशित