सुर्खेत । नेपाल पशुपन्छी औषधि व्यवसायी संघको केन्द्रिय सदस्यमा सुर्खेतका पुर्णप्रसाद पाण्डे निर्बाचित भएका छ्न ।
बुधबार चितवनको नारायणगढमा सम्पन्न अधिवेशनबाट लामो समय देखि कर्णाली प्रदेशमा रहेर औषधि पशुपन्छी क्षेत्रमा सक्रिय पाण्डे आगामी दुई वर्षका लागि केन्द्रिय सदस्यमा निर्बाचित भएका हुन ।
निर्बाचनबाट संघको अध्यक्षमा रितेश रिमाल, उपाध्यक्षमा सुना सुवेदी , थोकतर्फको उपाध्यक्षमा एकनारायण पौडेल ,खुद्रातर्फको उपाध्यक्षमा लक्ष्मण घिमिरे , महासचिवमा सादुराम ढकाल र कोषाध्यक्षमा राजेन्द्र थापा विजयी भए ।केही पदमा भने व्यवसायी निर्विरोध विजयी भएका छन्। सचिवमा केशव शर्मा, खुलातर्फको केन्द्रीय सदस्यमा रत्नकुमार बडाल, शंकर सुवेदी, सत्यभामा न्यौपाने बडाल र अर्जुन नेपाल निर्विरोध भएका छन् ।
संवाददाता । शुक्रबार, पुष २७, २०८० मा प्रकाशित