Karnali Media
२०८३ भदौ ७ , आइतबार

सुर्खेतमा माघ २६ गतेबाट महोत्सव (कर्णाली एक्सपो) हुँदै



सुर्खेत । सुर्खेतमा यहि माघ २६ गतेबाट कर्णाली एक्सपो तेस्रो संस्करणको आयोजना हुने भएको छ । समग्र कर्णालीको आर्थिक समृद्धिमा टेवा पुराउने उदेश्यले कर्णाली एक्सपोको आयोजना गर्न लागिएको हो ।

कर्णाली प्रदेशको राजधानी सुर्खेत लगायत सिंगो कर्णाली प्रदेशको आर्थिक समृद्धिको अभियानमा महत्वपूर्ण टेवा पुराउने उदेश्यले सुर्खेत उद्योग बाणिज्य संघले २०६४ सालदेखि हरेक तीन बर्षमा एक पटक आयोजना गर्ने गरि सुर्खेत महोत्सवको सुरुवात गरी २०७३ सालमा कर्णाली एक्सपो नाममा नामाकरण गरी हुँदै आएको थियो । यो बर्ष पनि कर्णाली एक्सपोको तेस्रो संस्करण संचालन हुने सुर्खेत उद्योग बाणिज्य संघका महासचिव तथा कर्णाली एक्सपोका प्रवत्ता भद्र भण्डारीले जानकारी दिएका छन् ।


यसबर्ष कर्णाली एक्सपो संचालन गर्नुका तीनवटा कारण रहेको पनि महासचिव भण्डारीले बताएका छन् । पहिलो संघले स्थापना गरेको व्यावसायिक राहात कोषमा रकम अभिवृद्धि गरी एक करोडसम्म पुर्याउने, दोस्रो संघअन्तर्गत रहेका वस्तुगत समितिहरुका लागि बेग्लै बैठक कक्षसहित उपकरणको व्यवस्था गर्ने र तेस्रो निजि क्षेत्र र संचार माध्यमबीच आपसी समन्वय गर्दै आर्थिक क्षेत्रमा योगदान पुर्याउने पत्रकारहरुको सामाजिक सुरक्षाका लागि रु पाँच लाखसम्मको अक्षयकोष खडा गर्ने उनको भनाई छ ।

प्रकाशित मिति : २०८० माघ ४ गते बिहीबार