सुर्खेत । सुर्खेत वितरक संघको प्रारम्भीक साधारण सभाबाट नयाँ कार्यसमिति चयन भएको छ । शनिबार वीरेन्द्रनगर सुर्खेतमा बसेको प्रारम्भीक साधारण सभाले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
कमल प्रसाद चालिसेको अध्यक्षतामा चयन भएको कार्यसमितीमा उपाध्यक्षमा श्याम पौडेल, सचिवमा सुरेश देवकोटा, कोषाध्यक्षमा बृष बहादुर विष्ट चयन भएका छन् । यस्तै सदस्यहरुमा गणेश शर्मा ढकाल,बबिन थापा,नविन बस्नेत, मान कुमारी चौधरी चयन भएका हुन् । यस्तै लक्ष्मी भुषाल,रमेश गौली,हेमन्त गिरी चयन भएका छन् ।
संवाददाता । शनिबार, माघ ०६, २०८० मा प्रकाशित