सुर्खेत । नेकपा माओवादी केन्द्रको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
१५ वर्ष पुरानो एक हत्याको घटनामा जिल्ला अदालत सुर्खेतले सो पुर्जी जारी गरेको हो ।
प्रहरीले खनुमती मागेपछि कालीकोटका राजबहादुर मल्लको हत्या आरोपमा जाहेरी परेपछि जिल्ला अदालतले सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको अदालतका सूचना अधिकारी उज्ज्वलदेव रावलले जानकारी दिए ।
‘पुरानो घटनामा जाहेरी आएको आएको रहेछ, त्यसमा प्रहरीले अनुमति माग्यो, ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ’, रावले भने ।
२०६५ साल फागुन २६ गते कालिकोटको मल्लको हत्या घटनामा कालिकोटको महावै गाउँपालिकाकी सिंह, पदमबहादुर रावत, बालकृष्ण सिंह, टङ्कबहादुर सिंह, वीरबहादुर मल्ल र अलि कार्कीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
संवाददाता । आइतबार, माघ ०७, २०८० मा प्रकाशित