सुर्खेत । कर्णाली प्रदेशका फोटो पत्रकारहरुलाई क्षमता अभिवृद्धि कार्यक्रमको सुभारम्भ भएको छ ।
नेपाल फोटो पत्रकार महासंघ केन्द्रिय कार्यालय काठमाडौं तथा प्रदेश कार्यसमिती सुर्खेतको समन्वयमा प्रेस काउन्सिल नेपालको सहकार्यमा कर्णाली प्रदेशका फोटो पत्रकारहरुलाई अभिवृद्धि कार्यक्रम सुर्खेतमा सुरु भएको हो ।
३ दिने कार्यक्रममा फोटो पत्रकारहरुलाई प्रेस फोटो आचारसंहिता, प्रेस फोटोग्राफी तथा ड्रोन उडान तालिम संचालन हुनेछ । कार्यक्रमको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसीले ड्रोन उडाएर उद्घाटन गरेका थिए ।
संवाददाता । सोमबार, माघ ०८, २०८० मा प्रकाशित