सुर्खेत । अनेरास्ववियु कर्णाली प्रदेशको प्रथम अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ । राजेश वलीको नेतृत्वमा सर्वसम्मत प्रदेश कमिटी गठन भएको हो ।
दैलेखको नारायण नगरपालिकामा सम्पन्न प्रथम प्रदेश अधिवेशनबाट अध्यक्षमा राजेश वली सहित ४१ सदस्यीय प्रदेश कमिटी गठन भएको छ । जसबाट उपाध्यक्षमा विवश भारती, मन्सुन दाहाल र संजय योगी यस्तै सचिवमा धर्म शाही, सहसचिवमा प्रतिभा शाही, प्रकाश मल्ल, रोशन शाही र कोषाअध्यक्षमा जगत जंग शाही सर्वसम्मत निर्वाचित भएका छन् ।
अध्यक्षमा निर्वाचित भएसँगै वलीले अबको अखिल आन्दोलन नयाँ ढङ्गबाट अझ शसक्त भएर अगाडि बढ्ने बताएका छन् ।
संवाददाता । सोमबार, माघ ०८, २०८० मा प्रकाशित