सुर्खेत । नेपाली काङ्ग्रेस सिम्ता गा.पा-९ खानिखोला,सुर्खेतमा मा पार्टी प्रबेसको लहर चलेको छ ।
पछिल्लो समयमा काङ्ग्रेस गरेका लोकप्रिय कामले नागरिकहरुको यसमा रुचि बढेको छ ।
आज मात्र विभिन्न पार्टी परित्याग गरि ४ जना (खेमराज गिरी,प्रेम बहादुर नेपाली,दिनेश हमाल र अर्जुन नेपाली)ले नेपाली काङ्ग्रेसमा प्रबेस गरेका छन । उनिहरुका अनुसार पछिल्लो समयमा काङ्ग्रेसले जनभाब र आफ्नो ठाउको बिकासका लागि महत्वपुर्ण काम गरेकोले आफुहरु यसमा प्रबेस गरेको बताएका छन ।ब
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
प्रबेस गर्नेहरु भन्छन “जो सदा सत्कर्ममा क्रियाशील रहन्छ त्यो नै सम्मानको हकदार हुन्छ।।जसले आफ्नो व्यक्तिगत जीवनको प्रवाह नगरी सामाजिक हक हितका निमित्त सारा जीवन खर्चेको हुन्छ उ नै समाजको श्रेयान् व्यक्ति ठहरिन्छ।। नेपाली कांग्रेसको वृद्धि बिकासका लागि जीवनको लामो कालखण्डदेखि अनवरत समर्पित भएर लाग्नु भएका, नेपाली कांग्रेस सिम्ता गाउँपालिका ९ खानिखोलाका अग्रज व्यक्तित्वहरुलाई यो सम्मान प्रदान गर्दा अत्यन्तै सुखद् अनुभूति गरेका छौँ।।जसको आशीर्वाद र सल्लाह बमोजिम आगामी दिनहरुमा अत्यन्तै शसक्त र प्रभावकारी रुपमा समाज रुपान्त्ररणको बाटोमा लाग्ने प्रण व्यक्त गर्दछौँ।”
उनिहरुलाई भव्य स्वागत सहित पार्टीमा प्रबेस गराईएको छ ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । आइतबार, फागुन ०८, २०७८ मा प्रकाशित