काठमाडौं । बुद्ध एयरले ‘भ्यालेन्टाइन डे’ अफर सार्वजनिक गरेको छ ।
बुद्धले भ्यालेन्टाइन डे लाई लक्षित गर्दै माउन्टेन उडानमा छुटको घोषणा गरेको हो । १३ हजार ९९९ रुपैयाँको टिकट खरिदमा अर्को टिकट फ्रि दिइएको कम्पनीले जनाएको छ । ‘फेब्रअुरी १४ का दिन प्रणय दिवस मनाइन्छ ।
यस दिन माउन्टेन फ्लाइट गर्ने यात्रुलाई एउटा टिकट किन्दा अर्को निःशुल्क दिने निर्णय भएको छ’, बुद्ध एयरले जारी गरेको सूचनामा भनिएको छ ।
सो योजना अन्तगर्त एकजना यात्रुले विन्डो अर्कोले शेयर गर्नुपर्नेछ । यस्तै, भ्यालेनटाइन डे को दिन उडान भर्ने यात्रुहरुलाई थप गिफ्टहरु दिने पनि जनाएको छ । टिकट बुद्ध एयरको जुनसुकै सेल्स काउण्टरबाट लिन सकिन्छ ।
संवाददाता । शनिबार, माघ २०, २०८० मा प्रकाशित