सुर्खेत । सुर्खेत महिला जेसीजले एकदिने प्रि इन्डक्सन एण्ड लोम अफिसर तालिम सम्पन्न गरेको छ ।
शनिवार सुर्खेत महिला जेसीजले आफ्ना पदाधिकारीहरुलाई प्रि इन्डक्सन एण्ड लोम अफिसर तालिम प्रदान गरेको हो ।
वर्ष २०२४ को नयाँ सदस्यहरुलाई जेसीज चिनाउने र सम्पुर्ण पदाधिकारीहरुको नेतृत्व र व्यक्तित्व विकास गर्ने उद्देश्यले यो तालिमको आयोजना गरेको सुर्खेत महिला जेसीजले जनाएको छ ।
जेसीलले विधिको शासनमा विश्वास राखेर प्रजातान्त्रिक प्रक्रिया विधि र पद्धतीका वारेमा सिकाउने भएकाले सवै युवाहरुको आकर्षणको केन्द्र वनेको छ ।
सुर्खेत महिला जेसीलले युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गरेर सकारात्मक वाटोमा हिड्न सिकाएको बताउदै आगामी दिनहरुमा पनि हरेक ठाँउमा नेतृत्व गर्न सक्ने जनशक्ति उत्पादन गर्ने सुर्खेत महिला जेसीजकी अध्यक्ष मिना गुरुङले जनाइन् ।
सुर्खेत महिला जेसीजले समाजमा थुर्पै महिला नेतृहरुका जन्माएको दृष्टान्त उदृत गर्दै नेतृत्व विकासका लागि जेसीजको सिकाई उल्लेखनिय भएको सुर्खेत महिला जेसीजका संस्थापक अध्यक्ष तथा प्रि इन्डक्सन एण्ड लोम अफिसर तालिमका प्रमुख प्रशिक्षक सीमा चन्दको भनाई छ ।
प्रि इन्डक्सन एण्ड लोम अफिसर तालिममा सुर्खेत महिला जेसीजका ४० जना भन्दा धेरैको सहभागिता रहेको थियो ।
संवाददाता । शनिबार, माघ २०, २०८० मा प्रकाशित