Karnali Media
२०८३ साउन ७ , बिहीबार

दुल्लु १३ का वडाअध्यक्ष बिर्ष बहादुर शाहीको निधन



दैलेख । दैलेखको दुल्लु नगरपालिका १३ का वडाअध्यक्ष बिर्ष बहादुर शाहीको निधन भएको छ । आज बिहान करिब ९ बजेको समयमा उनको निधन भएको हो ।

क्यान्सरका कारण वडाअध्यक्ष शाहीको निधन भएको आफन्तहरुले जनाएका छन् । लामो समयदेखि क्यान्सर (ब्रेन ट्युमर) रोगबाट ग्रसित उनले नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार पनि गराइरहेका थिए ।


२०७९ बेशाख ३० गते भएको स्थानिय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाअध्यक्षमा निर्वाचित भएका वडाअध्यक्ष शाहीको दुल्लु १३ मा रहेको आफ्नै निवासमा निधन भएको हो ।

प्रकाशित मिति : २०८० माघ २२ गते सोमबार