Karnali Media
२०८३ भदौ १५ , सोमबार

आन्तरिक हवाई सेवा सुरु गर्दै कर्णाली सरकार



सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी फागुनभित्र प्रदेशका सबै जिल्ला जोड्ने गरी आन्तरिक हवाई सेवा सञ्चालनको तयारी थालेको छ । प्रदेश सरकारले राजधानी वीरेन्द्रनगर सुर्खेत विमानस्थलबाट हिमाली जिल्लामा रहेका विमानस्थलहरूमा आन्तरिक हवाई उडान सेवा सञ्चालन गर्ने तयारीलाई अगाडि बढाएको हो ।

प्रदेश सरकारले सुर्खेतबाट आन्तरिक हवाई सेवा विस्तारका लागि पटक(पटक गरेको आग्रहलाई नेपाल वायुसेवा निगमले कार्यान्वयनमा ल्याउन लागेको मुख्यमन्त्री राजकुमार शर्माले जानकारी दिए ।


सोही क्रममा मुख्यमन्त्री शर्मा, नेपाल वायु सेवा निगम सुर्खेत उडान समितिका संयोजक महेशकुमार मरिता, निगमका इन्जिनियरिङ मरमत विभागका व्यवस्थापक देवेन्द्र पुन, सुर्खेत नागरिक उड्डयन कार्यालयका प्रमुख राजन ढुङेगललगायतले हवाई उडानका लागि मङ्गलबार विमानस्थलको अवलोकन गरेका छन् ।

मुख्यमन्त्री शर्माले आन्तरिक उडानका लागि आवश्यक पर्ने नीतिगत, भौतिक पूर्वाधार निर्माणलगायत क्षेत्रमा सहयोग रहने बताए । उनले भने, ‘आन्तरिक उडान थप गरेर कर्णालीवासीको जीवनयापन सहज बनाउन प्रदेश सरकारले सहयोग गर्दछ। प्रदेश सरकार सुर्खेत विमानस्थल सुधारलाई प्राथमिकतामै राखेको छ ।’ रासस

प्रकाशित मिति : २०८० माघ २४ गते बुधबार