नेकपा एमालेका महासचिव शंकर पोखरेल सवार गाडी दुर्घटना भएको छ ।
पार्टीको कामका लागि दैलेख जाँदै गर्दा दैलेखको डुङ्गेश्वर गाउँपालिकाको चुप्रामा महासचिव पोखरेल चढेको गाडी पल्टिएको हो । पोखरेल चढेको म १ च ३६९ नम्बरको स्कोरपियो जिप शनिबार दिउँसो करिब ३ बजेतिर दुर्घटना भएको थियो ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
जिप दुर्घटनामा परे पनि महासचिव पोखरेल सकुशल छन् ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । आइतबार, माघ २८, २०८० मा प्रकाशित