Karnali Media
२०८३ भदौ २८ , आइतबार

दैलेखमा १२ वर्षीया बालिका बलात्कार आरोपमा २२ वर्षीय युवक पक्राउ



दैलेख । जिल्ला प्रहरी कार्यालय दैलेखले १२ वर्षीय बालिकालाई यौन दुरुपयोग गरेको आरोपमा २२ वर्षीय युवकलाई शुक्रबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा दैलेखको नारायण नगरपालिका–६ का २२ वर्षीय विकास बूढा रहेका छन्।

बुढाको घरमा बस्दै आएकी १२ वर्षीय बालिकालाई विकासले फागुन ३ गते यौन दुरूपयोग गरेको भन्ने जाहेरी प्रहरीमा परेपछि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। भगवतीमाई गाउँपालिका–७ स्थायी वतन भएकी १२ वर्षीय बालिका परिवर्तित नाम थर ६२ दैलेख ९क० ४४ विकास बुढाको घरमा बसोबास गर्दै आएकी थिइन्।


ती बालिकालाई २२ वर्षीय युवक विकासले यौन दुरुपयोग गरेको भन्ने जाहेरीका आधारमा पक्राउ गरि थप अनुसन्धान भइरहेको छ। उनलाई अनुसन्धानका लागि दैलेख जिल्ला अदालतबाट चार दिनको म्याद थप भएको छ।

प्रकाशित मिति : २०८० फागुन ७ गते सोमबार