Karnali Media
२०८३ भदौ २१ , आइतबार

कर्णाली एक्सपो संचालन नगर्न अदालतको अन्तरिम आदेश



सुर्खेत । सुर्खेतमा यहि फागुन १४ गतेबाट सुरु हुने तयारी भएको कर्णाली एक्सपोलाई संचालन नगर्न अदालतले अन्तरिम आदेश दिएको छ ।्
शुक्रबार न्यायाधीस माधब धितालको इजालासले फागुन १४ गतेबाट संचालन हुने तेश्रो कर्णाली एक्सपोलाई विद्यालय आसपासमा नचलाउन अन्तरिम आदेश दिएको हो ।

कर्णाली एक्सपो संचालन हुने स्थानको १० मिटरको दुरीमै बाल मन्दिर विद्यालय रहेको र परिक्षाको मुखैमा विद्यालय नजिक महोत्सव संचालन गर्न लागिएको र यसबाट विद्यालयको पठनपाठनमा अवरुद्ध हुने भनि विहिबार अधिवत्ता प्रकाशबाबु ऐडिले उच्च अदालत सुर्खेतमा रिट दायर गरेका थिए ।


शुक्रबार उच्च अदालत सुर्खेतमा रिट निवेदकका तर्फबाट बहस सकिएपछि विद्यालय आसपासमा महोत्सव संचालन नगर्न अन्तरिम आदेश जारि गरेको हो । आदेशमा भनिएको छ, ‘बालमैत्री वातावरणमा शिक्षा पाउने बालबालिकाको संवैधानिक तथा कानुनी अधिकारसमेतलाई मध्यनजर गर्दै फागुन १३ गतेसम्मका लागि कर्णाली एक्सपो सञ्चालन सम्बन्धी कार्य नगर्नुरनगराउनु, यथास्थितिमा राख्नु भनी विपक्षीका नाउँमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ।’

यस्तै, अदालतले फागुन १४ गते दुबै पक्षलाई पेसी तारेख तोक्दै अन्तरिम आदेशका लागि छलफलमा बोालएको छ ।

प्रकाशित मिति : २०८० फागुन ११ गते शुक्रबार