सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा ३ घण्टाको लागि विद्युत सेवा अवरुद्ध भएको छ ।
नेपाल विद्युत प्राधिकरणले एक सुचना जारी गर्दै आज शनिबार राति १० बजेदेखि करिब ३ घण्टाक ३३ केभि नयाँ लाईन निमार्ण तथा मर्मत कार्यको लागि वीरेन्द्रनगरका विभिन्न क्षेत्रमा विद्युत सेवा अवरुद्ध गरिएको जानकारी दिएको छ ।
बुलबुले फिडर अन्तर्गत सम्पूर्ण क्षेत्रमा बुदबुदी सवस्टेशन देखि मंगलगढी चोक, एरिचोक, प्रदेश अस्पताल टेम्पपार्क, रेडियो नेपाल, बाङ्गेशिमल, फलाटे हुँदै रानीघाटसम्म विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण सुर्खेतले जनाएको छ ।न
संवाददाता । शनिबार, फागुन १२, २०८० मा प्रकाशित