Karnali Media
२०८३ भदौ २८ , आइतबार

सुर्खेतमा भोलिबाट हुने भनिएको ‘कर्णाली एक्सपो’को उद्घाटन समारोह स्थगित



सुर्खेत । सुर्खेतमा भोलिबाट सुरु हुने तयारी भएको ‘कर्णाली एक्सपो’ स्थगित भएको छ । उच्च अदालत सुर्खेतले विद्यालय आसपासमा महाेत्सव संचालन नगर्न अन्तरिम आदेश दिएपछि भोलिका लागि उद्घाटनको तयारी भएको कर्णाली एक्सपो रोकिएको हो ।

कर्णाली एक्सपो संचालन हुने स्थानको १० मिटरको दुरीमै बाल मन्दिर विद्यालय रहेको र परिक्षाको मुखैमा विद्यालय नजिक महोत्सव संचालन गर्न लागिएको साथै यसबाट विद्यालयको पठनपाठनमा अवरुद्ध हुने भनि विहिबार अधिवत्ता प्रकाशबाबु ऐडिले उच्च अदालत सुर्खेतमा रिट दायर गरेकोमा शुक्रबार न्यायाधीस माधब धितालको इजालासले फागुन १४ गतेबाट संचालन हुने तेश्रो कर्णाली एक्सपोलाई विद्यालय आसपासमा नचलाउन अन्तरिम आदेश दिएको थियो ।


भोलि अदालतले दुबै पक्षलाई पेसी तारेख तोक्दै अन्तरिम आदेशका लागि छलफलमा बोलाएपछि भोलिका लागि उद्घाटनको तयारीमा रहेको कर्णाली एक्सपो स्थगित भएको हो ।

कर्णाली एक्सपो आयोजक सुर्खेत उद्योग बाणिज्य संघले एक सुचना जारी गर्दै अदालतले भोलि अन्तरिम आदेशका लागि छलफलमा बोलाएकोले कर्णाली एक्सपो स्थगित भएको जानकारी दिएको छ । भोलिको छलफल पछि मात्र अब कर्णाली एक्सपो कहिलेबाट संचालनमा आउँछ भन्ने जानकारी प्राप्त हुनेछ ।

प्रकाशित मिति : २०८० फागुन १३ गते आइतबार