Karnali Media
२०८३ असार २ , मंगलबार

कर्णाली एक्सपोमा भोलि राम्जी खाँड, सिर्जना खत्री (हाउडेमाया) लगायतको प्रस्तुति रहने



सुर्खेत । सुर्खेतमा जारी तेश्रो कर्णाली एक्सपोको सोमबार कलाकारहरु राम्जी खाँड, सिर्जना खत्री (हाउडेमाया) लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ ।

सुर्खेत उद्योग बाणिज्य संघको आयोजनामा सुरु भएको कर्णाली एक्सपोको भोलि गायक राम्जी खाँड, गायिका सिर्जना खत्री (हाउडेमाया), गायिका रुपमा घर्ति मगर, डान्सर मोडेल प्रकाश सोनि र डान्सर मोडेल रुबिना अधिकारी लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । सोमबार कार्यक्रमको बिन्दु थापा र अनिल सुनामले उद्घोषण गर्नेछन् ।

कर्णाली एक्सपोमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरु साँगीतिक प्रस्तुती संगै कृषि, व्यापार प्रदर्शनी, विभिन्न व्यापारिक स्टल, बालबालिकाको लागि बाल उद्यान लगायतका स्टलहरु रहेका छन् ।


वीरेन्द्रनगर नगरपालिकाको दक्षिणतर्फको खुल्ला चौरमा भइरहेको कर्णाली एक्सपोमा टक शो, प्याराग्लाइडिङ, घोडा सवारी संगै कर्णालीका विभिन्न पर्यटकीय स्थलको अवलोकनका लागि विशेष छुटमा भिजिट कर्णाली यातायात प्रालीले स्कारपियो जीपको व्यवस्था पनि गरेको छ ।

प्रकाशित मिति : २०८० फागुन २० गते आइतबार