सुर्खेत । सुर्खेत महिला जेसीजले लागुऔषध दुव्र्यसनी विरुद्ध सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।
सोमबार शिवरात्रीको अवसर पारेर सुर्खेत महिला जेसीजको आयोजना सिमान्तकृत महिलाहरुको लागि महिला संस्था ९वाम० को समन्वय तथा जिल्ला प्रहरी कार्यलय सुर्खेतसंगको साझेदारीमा शिव मावि लाटीकोइलीमा लागु औषध दुव्र्यसनी एवम् ओसारपसार विरुद्धको सचेतना कार्यक्रम गरिएको हो ।
बढ्दो लागुऔषध दुव्र्यसनी तथा ओसारपसार न्युनिकरण गर्ने उद्देश्यले विद्यालयका विद्यार्थीहरुसंग सचेतनामुलक कार्यक्रम गरिएको सुर्खेत महिला जेसीजले जनाएको छ ।
पछिल्लो समयमा यूवायूवतिहरु लागु औषधको कुलतमा फस्दै गएको बताउदै यस्तो कार्यक्रमले लागुऔषध न्युनिकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको सुर्खेत महिला जेसीजका अध्यक्ष मिना गुरुङले बताइन् । उनले सुर्खेत महिला जेसीजले यस्ता खालका कार्यक्रमहरु गरिरहने प्रतिवद्धता समेत व्यक्त गरेकी छन् ।
कार्यक्रमका मुख्य प्रशिक्षक रिकभरिङ नेपाल कर्णाली प्रदेशका मनोपरामर्शकर्ता ओम बहादुर शाहीले विद्यालयमा अध्ययनरत बालबालिकाहरु नै समाज परिवर्तन गर्ने आधार भएकाले लागुपदार्थ देखी टाढै रहनुपर्ने बताउदै लागुऔषध समाजको विकृतिका रुपमा रहेकाले यसको न्यूनीकरणका लागी सबैले आ–आफ्नो क्षेत्रबाट लाग्नु पर्ने बताए ।
यस्तै जिल्ला प्रहरी कार्यलय सुर्खेतका प्रहरी सहायक निरिक्षक विनोद कार्कीले लागुपदार्थमा फसेपछि छुट्न निकै गाह्रो हुने बताउदै लागुऔषधबाट टाढा रहनुपर्नेमा जोड दिएका छन् । उनले लागुऔषध शुरुमा लत पछि व्यवसाय हुदै जेल र मृत्यु सम्म पुग्ने भएकाले युवा पुस्ताले सहयोग गरे थुप्रैको जिवन बचाउन सकिने बताए ।
सचेतना कार्यक्रममा मोटे ग्याङ्ग नेपालमा एडमिन कुमार शमसेर थापाले समेत सहजिकरण गरेका थिए । थापाले समाजमा विकृति फैैलन नदिन आफु सधैं लागिपर्ने समेत प्रतिवद्धता व्यक्त गरेका छन् ।
संवाददाता । सोमबार, फागुन २१, २०८० मा प्रकाशित