सुर्खेत । पर्यटन प्रवद्र्धन गर्न नेपाली सेनाले पदमार्ग यात्रा सुरु गरेको छ । ‘आफ्नै ठाउँ आफै चिनाउँ’ भन्ने मूल नाराका साथ कालीबहादुर गणले सुर्खेतका ऐतिहासिक, सास्कृतकि र पुरातात्विक महत्व बोकेका स्थानमा पदयात्राको सुरुवात गरेको हो ।
श्री ४ नं बाहिनी अड्डाका बाहिनीपति सहायक रथी श्री प्रकाश थापाको नेतृत्वमा श्री कालिबहादुर गणका सेनानी कौशल कार्की लगायतको टिमले सुरुवातमै वीरेन्द्रनगरको वडा १४ मा रहेको वयलकाँडा गढी ईलाकामा पदमार्गबाट सुरु गरेको छ । बाह्य पर्यटकसंगै आन्तरिक पर्यटकहरुले पनि पर्यटकिय रुटहको प्रवद्धन गर्नुपर्छ भन्ने उदेश्यले सेनाले पर्यटकिय पदयात्राको सुरुवात गर्दै सामाजिक कार्यमा पनि नेपाली सेना साथममा रहेको महसुस गराउँन यात्राको थालनी गरेको बताइएको छ ।
सुर्खेतसँगै कर्णालीका सम्भावित पर्यटकीय स्थानमा नेपाली सेनाले पदयात्रा गर्ने बताइएको छ । वीरेन्द्रनगरका वडा अध्यक्ष दिनेश केसीले वडा १ को धारापानीबाट बयलकाँडा जाने पुरानो पदमार्ग भएको बताए । उनले सडकसञ्जालले पुराना पदमार्ग लोपहुँदै गएकाले सेनाले पदमार्गलाई उच्च प्रथामिकतामा राखेको बताए ।
यो रुट हाइकिङ लागी उपयुक्त मानिन्छ ।
संवाददाता । बुधबार, फागुन २३, २०८० मा प्रकाशित