सुर्खेत । सुर्खेतमा ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कानुनी तथा सामाजिक विकास केन्द्रकाे आयोजनामा “सामाजिक न्यायको लागि महिला सशक्तिकरण र लैङ्गिक समानता; महिला अधिकारको वर्तमान अवस्था” विषयमा आज वीरेन्द्रनगरमा वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा विभिन्न सरोकारवाला व्यक्तिहरुसँग महिला सशक्तिकरण र लैङ्गिक समानताका विषयमा अन्तरक्रिया गरिएको थियो । पछिल्लो समय महिला अधिकारको अवस्था कस्तो छ ? यसको कार्यान्वयनमा भएको प्रयासहरुका विषयमा पनि छलफल भएको थियो । महिला अधिकारका लागि काम गरिरहेका विभिन्न व्यक्तिहरुसँगको अन्तरक्रिया कार्यक्रममा कर्णाली प्रदेश सभा महिला सदस्यहरुको पनि उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै कानुनी तथा सामाजिक विकास केन्द्रका अध्यक्ष गणेश कुमार डाँगीले यस संस्थाले विशेष गरी विभिन्न विषयमा समाजका हरेका नागरिकलाई कानुन सम्बन्धि अधिकारको बारेमा सचेतना फैलाउँने भएको हुँदा सोही अनुरुप विभिन्न कार्यक्रमहरु गर्दै आएको बताए । कानुन अध्ययान गरिरहेका विद्यार्थीहरुबाटै यो संस्थाको स्थापना भएको हुँदा पनि यो संस्थाले सिमान्तकृत समुदायमा समेत पुगेर कानुनी सचेतना वृद्धिमा मदत पुर्य ाएको उनको भनाइ छ ।
शिक्षा विकास निर्देशनालय सुर्खेत, वीरेन्द्रनगर नगरपालिका र महिला सशक्तिकरण मञ्च दैलेखको समन्वयमा भएको अन्तरक्रिया कार्यक्रममा महिला सशक्तिकरण र अधिकारका विषयमा छलफल भएको थियो । अन्तरक्रिया कार्यक्रममा महिला सशक्तिकरण तथा अधिकारका सवालमा अवको बाटो र यसमा सरोकारवाला निकायको भूमिकाको विषयमा निष्कर्ष पनि निकालिएको छ ।
संवाददाता । बिहिबार, फागुन २४, २०८० मा प्रकाशित