सुर्खेत । नेपाल कम्युनिस्ट पाटी एमाले निकट भातृसंगठन अन्तर्गत रास्ट्रीय स्वास्थ्यकर्मी संघ नेपाल कर्णाली प्रदेश कमीका सचिवालय सदस्य समेत रहेका चेतन जैसी ले आगामी तीनै तहको निर्वाचनमा गठबन्धन भएपनि हाम्रो पाटी एक्लै निर्वाचन मा जाने बताएका छन् । उनले आफ्नो पार्टी एक्लैपनि निर्वाचनमा जाने सुनाए । उनले निर्वाचनलाई लिएर गठबन्धन समेत डराएको पनि टिप्पणी गरे ।
उनले भने,‘अहिले निर्वाचनको डर त गठबन्धन लाई छ, अहिले गठबन्धन कायमै रहेर निर्वाचन भयो भने,पनि विभिन्न घात अन्तर्घात हुने र अहिलेपनि हेर्नुहोस न अस्ति राष्ट्रियसभाको निर्वाचन भयो, १९ सिटको निर्वाचनमध्ये मतभार सङ्ख्या कम हुँदा हुँदै पनि एक सिट मा जित हासिल गर्यौ र अर्को सिट पनि गोलाप्रथा बाट गुमायौ । एक दिनमा हजारौं कार्यकर्ता ले पाटी प्रवेश गरिरहेका छ्न , यही ढंगले ओरालो लाग्ने हो ।’
अब निर्वाचनमा गठबन्धन ले बाजी मार्ने कुनै सम्भावना नभएको उनको दाबी छ ।
बुलबुले उत्धान कार्यक्रम मा प्रत्रकार सङ बोल्दै प्रदेश कमिटी सचिवालय सदस्य मा निर्बाचित भएसङै जैसी ले यस्तो बताएका हुन्। उनले भने,‘सिंहदरबारको मूलगेटबाट पस्ने समेत बताए सिह दरबारको मुल गेट बाट त सामान्य नागरिकले पनि पाउँछ, उहाँले अब झ्याल बाट छिर्ने हरुलाइ ठेगान लगाउने र सांसद पद जोगाउन प्रचण्ड ले चितवन र माधब नेपाल ले काठमाडौ र देउवा ले डधेलधुरामा ध्यान दिनुपर्छ ।’
स्थानीय तहको निर्वाचनपनि नजिकिएको उल्लेख गर्दै अब कसको के हैसियत ? भन्ने कुरा देखिने सुनाए ।
उनले आफ्नो पार्टी नै कम्युनिस्ट को मुल धार भएको उल्लेख गर्दै संगठन विस्तारमा जोड दिईएको सुनाए । उनले अब गठबन्धन लाई हराउ, एमाले लाई जिताउ भन्ने मापदण्ड बन्ने पनि सुनाए ।
संवाददाता । सोमबार, फागुन ३०, २०७८ मा प्रकाशित