सुर्खेतको गुर्भाकोट नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेमा गुर्भाकोट नगरपालिका-१४ बस्ने वर्ष ३६ का धनराज सलामी रहेका छन्।
घर नजिकै छिमेकीको घरको ढलान गर्न गएका सलामी शनिबार बिहान साढे ९ बजे करेन्ट लागेर घाइते भएका थिए।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
उनलाई उपचारको लागि मेहलकुना अस्पताल पुर्याइएकोमा अस्पतालले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । शनिबार, चैत ०३, २०८० मा प्रकाशित