रुकुम पश्चिमबाट काठमाडौंका लागि छुटेको बस सोमबार साँझ बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार विकका अनुसार बस सडकबाट करिब ३ सय मिटर तल खसेको छ । गाडीमा ३२ जना यात्रु थिए ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
घाइतेलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र पुर्याइएको विकले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी छ ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । सोमबार, चैत ०५, २०८० मा प्रकाशित