Karnali Media
२०८३ साउन ७ , बिहीबार

धरौटीमा छुटिन शिशु चोरेको आरोपमा पक्राउ परेकी महिला



शिशु चोरेको आरोपमा पक्राउ परेकी महिला धरौटीमा रिहा भएकी छिन् ।

थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु चोरेको आरोपमा पक्राउ परेकी मानुकमारी सिंहलाई धरौटीमा रिहा गरिएको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सिंहलाई धरौटीमा रिहाका लागि आदेश थिएको थियो । काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका– ३ घर भई काठमाडौंको कपन बस्ने वर्ष २२ की सविना श्रेष्ठको बच्चा लिएर उनी अलप भइन ।


तर प्रहरीले १२ घण्टामै मनकुमारीलाई नियन्त्रणमा लियो । उनले प्रहरीसँगको प्रारम्भिक बयानमा विवाह गरेको लामो समयसम्म पनि आफ्नो बच्चा नभएपछि बच्चा चोरी गरेको बताएकी थिइन् ।

बच्चा नभएपछि आफूले डाक्टरलाई देखाउँदा सन्तान नहुन सक्छ भनेपछि शिशु चोर्ने योजना बनाएको बताएकी थिइन् ।

प्रकाशित मिति : २०८० चैत ५ गते सोमबार