सुर्खेतमा। सम्पर्कविहीन रहेका अछामका किशोरको शव सुर्खेतको वीरेन्द्रनगरमा फेला परेको छ । अछामको रामारोशन गाउँपालिका-४ बाटुलासेनका १८ वर्षीय मनोज खनालको शव सम्पर्कविहीन भएको ४ दिनपछि वीरेन्द्रनगर नगरपालिका-४ मा रहेको सहिद पार्कको गेट नजिक भेटिएको हो ।
प्रहरीकाअनुसार उनी झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । उनी सुर्खेतको वीरेन्द्रनगरमा अध्ययनरत थिए । खनाल गत बुधबार दिउँसो ३ बजेतिर बजार जान्छु भनी रुमबाट निस्किएका थिए । त्यसपछि परिवारको सम्पर्कविहीन रहेका उनी मृत भेटिएका हुन् ।
उनले आत्महत्या गरेको अनुमान गरेको प्रहरीले ‘सुसाइड नोट’ फेला पारेको छ । प्रहरीकाअनुसार मनोजले लेखेको सुसाइड नोट फेला परेको र त्यस विषयमा अनुसन्धान भइरहेको हो । यद्यपि सुसाइड नोट उनैले लेखेको हो होइन भन्ने विषयमा पनि अनुसन्धान भइरहेको छ ।
भेटिएको सुसाइड नोटमा सबैसँग माफी मागिएको छ । परिवारको अवस्था अत्यन्तै नाजुक रहेको र त्यसैमाथि आफू मानसिक रोगको सिकार भएको उक्त नोटमा उल्लेख छ । विशेषतः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सम्बोधन गरिएको उक्त नोटमा आफ्नो परिवारलाई सान्त्वना दिन आग्रह गरिएको छ । साथै भाइको इच्छा पूरा गरिदिन पनि उक्त नोटमा भनिएको छ ।
यस्तो छ नोट :-
संवाददाता । मङ्गलबार, चैत ०६, २०८० मा प्रकाशित