Karnali Media
२०८३ असार २ , मंगलबार

हुम्लामा जीप दुर्घटना २ को मृत्यु, पाँच घाइते



हुम्ला । हुम्लाको दक्षिण भेगमा पर्ने अदानचुली गाउँपालिका ४ मा आज भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले पाम्सा भन्ने स्थानमा भएको दुर्घटनामा पाँच जना घाइते भएको जानकारी दिए।


सुप ०१००१ नम्बरको गाडी आज दिउँसो पाम्सको मोडमा दुर्घटना भएको हो। दुर्घटनाबारे विस्तृत जानकारी प्राप्त भइनसकेको प्रहरीको भनाइ छ। दुर्घटनामा पर्ने सावरीसाधन स्थानीय धनमल महताराको रहेको बताइएको छ।

प्रकाशित मिति : २०८० चैत १० गते शनिबार