Karnali Media
२०८३ कात्तिक १ , शनिबार

सुर्खेतमा होली विशेष कार्यक्रम हुँदै: चर्चित र्‍यापर मिस्टर डी, गायक चक्र बम लगायतको प्रस्तुति रहने



सुर्खेत । रंगहरुको पर्व होलीमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा विशेष कार्यक्रम हुने भएको छ । प्लेईङ्ग फर चेन्जको आयोजनमा हुने होली विशेष कार्यक्रममा विभिन्न चर्चित कलाकारहरुको विशेष सांगीतिक प्रस्तुति समेत रहनेछ ।

यहि चैत्र १२ गते वीरेन्द्रनगरमा घण्टाघर नजिकको खुल्लामञ्चमा हुने होली विशेष कार्यक्रममा चर्चित र्‍यापर मिस्टर डी, गायक चक्र बम, गायिका एन्जिला रेग्मी, गायक शिव संङ्गीत, र्‍यापर अरुन शाही, गायक धनराज चुनारा, मोडल रेशम नेप्किङ्ग र साजन शर्मा लगायतका थुप्रै स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।


होली विशेष कार्यक्रममा आयोजकले सहभागितको लागि सधारण तर्फ रु. ३०० र जोडी अफरमा रु. ५०० टिकट शुल्क निर्धारण गरेको छ ।

रंगहरुसँगै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतीमा झुम्दै मित्रताको पर्व होलीलाई अविश्मरणिय बनाउँन यो कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।

प्रकाशित मिति : २०८० चैत १० गते शनिबार