Karnali Media
२०८३ जेठ २६ , मंगलबार

म ढुङ्गा हानेर, सडकमा टायर बालेर, हत्या गरेर राजनितिमा आएको होईन – ज्ञ्यानेन्द्र शाही



सुर्खेत । ढुङ्गा हानेर, सडकमा टायर बालेर, हत्या गरेर राजनितिमा आएको होईन म सुद्द समाज सेवा र भ्रष्टाचार विरुद्दको अभियान चलाएर राजनितिमा आएको राप्रपा प्रबक्ता ज्ञ्यानेन्द्र शाहीले बताएका छन ।
अहिले राजनिती फोहोरी वन्दै गईरहेको छ पैसा र बल हुनेले राजनीतिमा जे गरेनी हुन्छ भन्ने धारणा बिकास भैरहेको बेला शनिबार सुर्खेत आएका राप्रपा प्रबक्ता ज्ञ्यानेन्द्र शाहिले आम सभालाई सम्बोधन गर्दै अब समाजसेवा गरेर राजनीतिमा आउन चुनौती दिएका छन ।

उनले आफू राप्रपामा कुनै स्वार्थ धम्की र बाध्यताले नभई राजनीतिमा भएको फोहोरी खेललाई अन्त्य गर्न आफू राजनितीमा आएको बताएका छन । झण्डै ५ हजार बढीको सहभागीतामा भएको आमसभामा उनले अबको रणनीति बारे स्पष्ट धारणा राखेका थिय ।

सुर्खेतमा भएको उक्त आमसभाबाट १ हजार बढिले राप्रपामा प्रबेस गरेका छन । ज्ञ्यानेन्द्र शाही सङ्गै राप्रपा अध्यक्ष राजेन्द्र लिन्देन लगएतले उक्त कार्यक्रममा आफ्नो भनाई राखेका थियो ।

Jagat sapkota


पूरा भिडियो हेर्न

 

 

प्रकाशित मिति : २०७८ चैत १ गते मंगलबार