Karnali Media
२०८३ असार १६ , मंगलबार

एसईई परीक्षा सुरु भएको १० मिनेटमै नेपालीको प्रश्न पत्र आउट



सिरहा । सिरहामा एसईई परीक्षा सञ्चालन भए लगत्तै नेपाली विषयको प्रश्न पत्र बाहिरिएको पाइएको छ।

परीक्षा सुरु भएको १० मिनेटमै नेपाली विषयको प्रश्न पत्र बाहिरिएको हो। त्यहाँ सकृय भएका टोलीलाई परीक्षा हलबाट एक थान प्रश्न पत्र केन्द्राध्यक्ष र गार्डहरूकै सहयोगमा बाहिर निकालिएको थियो।

त्यहाँबाट तस्बिर खिचेर समाजिक सञ्जाल ह्वाट्सएपमार्फत छ्यासछ्यास्ती बनाइएको छ।


परीक्षा हल वरिपरि फोटोकपी मेसिन सहित चिट बनाउने टोलीहरू सकृयरूपमा बसेका छन्। सिरहा जिल्लाभरी नै नेपाली विषयको प्रश्नपत्र समाजिक सञ्जाल मार्फत निजी विद्यालयहरूको हात हातमा पुगेको छ।

 

प्रकाशित मिति : २०८० चैत १६ गते शुक्रबार