Karnali Media
२०८३ असार १६ , मंगलबार

पेट्रोलको मूल्य ४ रुपैयाँले बढ्यो



नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार रातिबाट लागु हुने गरी निगमले पेट्रोलको मूल्य लिटरमा ४ रुपैयाँले बढाएको हो ।

 

निगमले आइतबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा चार रूपैयाँ बढाएको जानकारी दिएको छ।


भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।

निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर चार रूपैयाँ ७६ पैसा बढाएर पठाएको छ। डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको भाउ भने घटाएर पठाएको छ। डिजेल र मट्टीतेलमा ३९ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २७ रूपैयाँ ४४ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ।

तर निगमलाई ग्यासमा अझै पनि २९६ रूपैयाँ १५ पैसा घाटा भएकाले ग्यासको भाउ यथावत राखिएको जनाएको छ। डिजेल र मट्टीतेलको भाउ पनि यथावत छ।

प्रकाशित मिति : २०८० चैत १८ गते आइतबार