सुर्खेत । केन्द्रमा सत्ता समिकरण फेरिएसँगै यतिबेला कर्णाली प्रदेश सरकारको नेतृत्व कस्ले गर्ने भन्ने विषयमा सतहमा आएको छ । राजकुमार शर्माले मुख्यमन्त्री सहजै छोड्न तयार नहुँदा यतिबेला कर्णालीमा नेकपा एमाले र माओवादी केन्द्रबीच सहमती हुन सकेको छैन ।
प्रधानमन्त्री प्रचण्डले कर्णालीमा एमालेको नेतृत्वमा सरकार बनाउँन निर्देशन दिएको भएपनि कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले उक्त निर्देशनलाई अटेर गर्दै अझै आफ्नै नेतृत्वमा सरकार बनाउँन चाहेका छन् । आज प्रदेश सभाबाट उनले विश्वासको मत लिने तयारी भएपनि एमाले र माओवादीबीच सहमती हुन नसक्दा बैठक नै स्थगित भएको थियो ।
अझैपनि सहमती जुटाउँन नेताहरुबीच दौडधुप भईरहदा कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिएपछि मात्रै राजीनामा दिने बताएका छन् ।
मुख्यमन्त्री शर्मा निवासमा बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले बुधबार विश्वासको मत लिने र त्यसपछि मात्रै राजीनाको प्रक्रिया अघि बढाउने निर्णय भएको माओवादी केन्द्रका एक नेताले जानकारी दिएका छन् ।
संवाददाता । मङ्गलबार, चैत २०, २०८० मा प्रकाशित