सुर्खेत । प्रदेश स्तरीय खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी गोष्ठी सुर्खेतमा सम्पन्न भएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतको आयोजना मंगलबार खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी गोष्ठी सम्पन्न भएको हो । प्रदेशमा खाद्य स्वच्छताको अवस्था र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट भएका कामहरुका बारेमा गोष्ठीमा छलफल गरिएको थियो । पछिल्लो समय कर्णाली प्रदेशमा खाद्य स्वच्छता र गुणस्तरको अवस्थाको बारेमा पनि चर्चा गरिएको थियो ।
कर्णाली प्रदेश भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कर्णाली प्रदेश योजना आयोगका सदस्य ऋषिकेशर खनाल, वीरेन्द्रनगर नगरपालिकाका उप-प्रमुख निलकण्ठ खनाल, सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्य, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख भेष बहादुर थापा लगायत सुर्खेत स्थित संघिय तथा प्रादेशिक सरोकारवाला कार्यालयहरू, स्थानिय तहहरू, नेपाल प्रहरी, विषयगत व्यवसायिक संगठनहरू, उपभोक्ता अधिकारवादी संस्थाका प्रमुख एवं प्रतिनिधिज्यूहरू तथा संचारकर्मीहरूको सहभागिता रहेको थियो ।
संवाददाता । मङ्गलबार, चैत २०, २०८० मा प्रकाशित