सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आजै राजीनामा दिने भएको छन् । यसअघि विश्वासको मत दिएर मात्रै राजीनामा दिने अडान राखेका मुख्यमन्त्री शर्माले केन्द्रको निर्णयलाई मान्दै विश्वासको मत नलिएर आजै राजिनामा दिने भएका हुन ।
केन्द्रिय समिकरण अनुसार कर्णालीको नेतृत्व एमालेको भागमा परेपछि मुख्यमन्त्री शर्माले राजीनामा दिन लागेका हुन । प्रधानमन्त्री प्रचण्डले नै उनलाई राजीनामा दिएर कर्णालीमा एमालेको नेतृत्वमा सरकार बनाउँनका लागि मंगलबार नै निर्देशन दिएका थिए ।
संवाददाता । बुधबार, चैत २१, २०८० मा प्रकाशित