सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा विशेष अदालतमा दर्ता गरेपछि नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीको सांसद पद स्वतः निलम्बनमा परेको छ ।
पूर्व पर्यटन मन्त्रीसमेत रहेका शाहीसहित ३२ जनाविरुद्ध अख्तियारले दुई वटा वाइडवडी विमान खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टचार भएको दाबी सहित मुद्दा दर्ता गरेको छ ।
भ्रष्टचार निवारण ऐन, २०५८ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २०४८ मा भएको व्यवस्था अनुसार सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भएमा स्वतः निलम्बन पर्ने व्यवस्था छ ।
कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका शाही २०७९ को निर्वाचनमा हुम्ला प्रदेश सभा (२) बाट निर्वाचितभ भएका थिए ।
संवाददाता । बिहिबार, चैत २२, २०८० मा प्रकाशित