सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा यामलाल कंडेल नियुक्त भएका छन् । नेकपा एमाले संसदीय दलका नेता कंडेलले नेपालको संविधानको धारा १६८ को उपधार (२) बमोजिम कर्णालीको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
यो संगै यामलाल कंडेल कर्णालीको चौथो मुख्यमन्त्री बनेका छन् ।
केन्द्रिय सत्ता समिकरण फेरिएसँगै कर्णालीमा एमाले माओवादीको सरकार बनाउँने सहमती अनुसार नेकपा एमालेको नेतृत्वमा सरकार बनेको हो ।
कर्णाली प्रदेशमा सरकार निमार्णको लागि २१ जना सांसदको बहुमत आवश्यक पर्दछ । कंडेललाई मुख्यमन्त्रीमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी गरी २४ जना सांसदले समर्थन गरेका छन् ।
संवाददाता । मङ्गलबार, चैत २७, २०८० मा प्रकाशित