Karnali Media
२०८३ साउन ६ , बुधबार

सुनको भाउ २ सय रुपैयाँले घट्यो



किर्तिमानी बनाएको सुनको भाउमा गगिरावट आएको छ । बुधबार प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ३६ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको हो ।

आज तेजाबी सुन पनि तोलामा २ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख ३५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


चाँदीको मूल्य स्थिर छ । यस दिन चाँदी प्रतितोला १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०८० चैत २९ गते बिहीबार